कमलबजार नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

अछाम । कमलबजार नगरपालिका अछामको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम आज कमलबजारमा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाको आयोजना भएको कार्यक्रम नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवर रहनु भएको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि कुँवरले कोही पनि बालबालिका कुनैपनि खोप बाट बञ्चित हुन नदिनका लागि सबै तह र तप्काका नागरिक लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ईश्वरी प्रसार भण्डारी, जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख जनस्वास्थ्य अधिकृत झपट राज ढुङ्गाना लगायत विभिन्न क्षेत्रका विभिन्न व्यक्तिको विशेष उपस्थित रहेको थियो ।
कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा जन स्वास्थ्य अधिकृत चक्र बहादुर बिष्टले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक टेक बहादुर बिष्टले सञ्चालन गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्