दोलखाका दिपेन्द्र बने सीड्नीका सफल ‘बिल्डर्स’

दोलखा । दोलखा नाम्दुमा जन्मिएका दिपेन्द्र उप्रेतीले काठमाडौंमा इन्जिनियरिङ अध्ययन गरेपछि अस्ट्रेलिया पुगेर ‘बिल्डर्स’ बन्ने सोच कहिल्यै गर्नुभएकाे थिएन। तर शिक्षा र अवसरको खोजीले उहाँलाई सन् २०१३ मा व्यवसायिक सिभिल इन्जिनियर भिसामा अस्ट्रेलिया पुर्यायो।
नेपालमा आइटेको नेपाल प्रालीमा सडक विकासमा संलग्न रहनुभएका दिपेन्द्रले अस्ट्रेलिया आएपछि सुरुमा विभिन्न निर्माण कम्पनीमा काम गर्दै अनुभव बटुल्नुभभयाे। संघर्षको यात्रा पार गर्दै उहाँले सन् २०१८ मा बिल्डिङ कन्स्ट्रक्सन लाइसेन्स प्राप्त गर्नुभयाे र ‘क्यालीबर बिल्डर्स’ नामक आफ्नै निर्माण कम्पनी सुरु गर्नुभयाे।

सीड्नीको प्रतिस्पर्धात्मक बजारमा उहाँले कम्पनीलाई भरोसायोग्य ब्रान्डको रूपमा स्थापित गर्न सफल हुनुभयाे । सन् २०१९ देखि हालसम्म दिपेन्द्रले सयभन्दा बढी घर निर्माण गरी ग्राहकलाई हस्तान्तरण गरिसक्नुभएकाेछ। आफै सिभिल इन्जिनियर भएकाले पनि उहाँ निर्माण स्थलमै सक्रिय रहनुहुन्छ जसले गर्दा ग्राहक सन्तुष्ट छन्।
दिपेन्द्र भन्नुहुन्छ, “क्यालीबर बिल्डर्सलाई इमानदारी र विश्वासको आधारमा अघि बढाउन चाहन्छौं। हाम्रो उद्देश्य भनेकै ग्राहकको सन्तुष्टि हो।”
नेपाली समुदायको उपस्थिति विभिन्न पेशा व्यवसायमा देखिन थालेको सीड्नीमा निर्माण कम्पनीमा पनि नेपाली सहभागिता बढ्दै गएको छ। दिपेन्द्रजस्ता इन्जिनियरको सक्रियताले अब यो क्षेत्र नेपालीका लागि सम्भावनाको नयाँ ढोका बन्दै गएको छ।
प्रतिक्रिया राख्नुहोस्