योजना आयोग उपाध्यक्ष अधिकारी र नेपालका लागि बेलायती राजदूत बीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपालका लागि बेलायती राजदूत रोब फेन बीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबार स्थित आयोगमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग, योजना कार्यान्वयन र अनुसन्धानका क्षेत्रमा छलफल भएको छ ।
भेटका क्रममा उपाध्यक्ष अधिकारीले चालू १६औँ योजना पहिले भन्दा फरक (विषयगत दृष्टिकोण) मा तयार गरिएको बताउँदै यसको कार्यान्वयन योजना बनाइँदै गरेको जानकारी दिनुभयो ।
उहाँले योजना आयोगले मन्त्रालयहरूसँग छलफल गरी समन्वयात्मक अतिरिक्त लाभ र विरोधाभास) अपनाएर कार्य योजना तयारी अगाडि बढाइएको जानकारी गराउनुभयो ।
राजदूत फेनले बेलायतमा पनि नीति निर्माण र कार्यान्वयन (समस्या समाधान साझेदारी) बाट गरिएको बताउँदै आयोगले बनाएको कार्य योजनाको प्रशंसा गर्नुभयो ।
राजदूत फेनले नेपालमा विदेशी लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गर्न आग्रह गर्नुका साथै जलवायु परिवर्तनले नेपाललाई पारेको असर न्यूनीकरण गर्ने लगायत विभिन्न वातावरणीय क्षेत्रमा मिलेर काम गर्ने बताउनुभयो ।
साथै उहाँले बेलायतले शैक्षिक, अनुसन्धान र आर्थिक क्षेत्रमा नेपालसँग दीर्घकालीन साझेदारी बढाउन चाहेको र विशेष गरी स्तरोन्नति भएपछि नेपालले सामना गर्न सक्ने व्यापारिक चुनौतीहरू समाधान गर्न बेलायतले सहयोग दिने बताउनुभयो ।
बेलायतका सरकारी संस्थानहरू र प्रतिष्ठित विश्वविद्यालयहरूसँग नेपालको द्विपक्षीय अनुसन्धान सहयोग बढाउने र अति कम विकसित राष्ट्रहरू बाट स्तरोन्नति पश्चात् नेपालको व्यापारमा पर्ने प्रभाव विषयमा छलफल भएको थियो ।
दुवै पक्षले नेपाल र बेलायतबिच अनुसन्धान, योजना कार्यान्वयन र नीति समन्वय क्षेत्रमा सहकार्य बढाउने सहमति जनाउनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्