पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले कोषका सदस्य सचिव डा.मिलन कुमार थापा तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा समेत १४ जना र दुई कम्पनी उपर पशुपति क्षेत्र विकास कोष ÷सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना÷हानी नोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेको हो ।
अख्तियारले पशुपतिमा विद्युतीय शव दाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्याएर भ्रष्टाचार मुद्दा दायर गरेको बताएको छ ।
उनीहरू विरुद्ध अख्तियारले आपसी मिलेमतोमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले विशेषमा मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्