एमालेको नियमापत्तिपछि स्वतन्त्र सांसद सिंहको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो
काठमाडौँ । सभामुख देवराज घिमिरेले स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बोल्नुभएको शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।
विनियोजन विधेयक, बजेटमाथिको छलफलमा सांसद सिंहले शीर्ष नेताको चार/पाँच जिल्लामा मात्रै बजेट केन्द्रित रहेको र बाँकी जिल्ला नेपाल मै नरहेको जस्तो व्यवहार सरकारले गरेको भन्दै अर्को देशलाई लिजमा दिँदा हुन्छ भन्नुभएको थियो ।
आजको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै सिंहले बोलेका शब्द रेकर्डबाट हटाउन माग गर्नुभयो ।
बैठकमा सत्तापक्षका अन्य सांसद समेत उठेर सिंहको अभिव्यक्तिप्रति विरोध गर्नुभएको थियो ।
त्यसपछि सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्