तपाईँ सुन्दै हुनुहुन्छः

संसदमा होहल्ला नगर्न सभामुखको आग्रह

काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गर्नुभएको छ । 

रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरूप बदल्न आग्रह गर्नुभएको थियो । 

तर, सभामुखको आग्रह रास्वपाले अस्वीकार गरेको छ। रास्वपाले आफ्नो विरोध कायमै रहने जनाएपछि प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ।

प्रश्नोत्तरका लागि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट बानेश्वर प्रस्थान गरिसक्नुभएको छ ।

सत्तापक्षका मुख्य सचेतक महेशकुमार बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि रास्वपालाई होहल्ला नगरी प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर राख्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button