तपाईँ सुन्दै हुनुहुन्छः

गाउँका घर घरमा धारा पुग्दा स्थानीय खुसी 

हुम्ला ।  विगत लामो समय देखी खानेपानीको समस्या भोग्दै आएका जिमानवासीको घर घरमा धारा पुगेपछि स्थानीय खुसी भएका छन् । गाउँभरि एक धारमा पानी भरेर खाँदै आएका गाउँका मानिसहरूको घरघरमै पानी पुगेपछि स्थानीय सरकारका प्रमुखलाई गाउँवासीले फुलमाला र अविरले स्वागत गरेका छन् ।

स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (लिप्स) र ताँजाकोट गाउँपालिकाको सह लगानीमा निर्माण सम्पन्न भई घरघरमा पानी पुगेपछि गाउँमा गएका अध्यक्ष सहित वडा अध्यक्ष र अन्य जनप्रतिनिधि र प्राविधिकहरूलाई स्थानीयले भव्य स्वागत गरी रिबन काटेर उद्घाटन गर्न लगाएको सम्बन्धित वडाका वडा अध्यक्ष मोहनलाल रिठालले बताउनु भयो ।

यस अघि खानेपानीको समस्या देखी जिमानामा अब देखी घरघरमा घार भएपछि त्यहाँका स्थानीय देखी हामी सबै खुसी भएको स्थानीय सर्जन खड्काले बताउनु भयो ।

स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (लिप्स) र ताँजाकोट गाउँपालिकाको सहलगानिमा ८० लाख बजेटले निर्माण पुरा गरी घरघरमा धारा पुर्याएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।

उहाँका अनुसार साना कुनिका छरेजस्तो बजेट वितरण नगरी बाहिरबाट ठुला परियोजनाहरूसँग समन्वय गरी यस वर्ष ठुला योजनाहरू मात्रै बनाएको बताउनु भएको छ । यता छप्रेलातिर खानेपानीको केही समस्या आएपनि यसै वर्ष यहाँ समाधान तिर लाग्ने बताउनु बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button