तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध नारायणगढ–मुग्लिन सडक चार घण्टापछि सञ्चालन

चितवन । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड ४ घण्टापछि सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुइन खोलामा खसेको पहिरो अपराह्न ४ बजे हटाएपछि दुइतर्फी सञ्चालनमा आएको हो ।

गएराति पानी परेपछि आज सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । दुईतर्फी रुपमा एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि सवारी चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक  रविन्द्र खनालले जानकारी दिनुभयो ।

यसैबीच पहिरो हटाएर सवारी आवागमन सुचारु गर्दा माथिबाट ढुङ्गा छतमा खसेर हायस माइक्रो र एम्बुलेन्समा सामान्य क्षति पुगेको छ । एम्बुलेन्सको सिसा चर्किए सामान्य क्षति पुगेको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीले बुझेर, हेरेर मात्र सुरक्षित यात्रा गर्नुहुन सबैलाई अनुरोध गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button