तपाईँ सुन्दै हुनुहुन्छः

नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी टि २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत आज पहिलो खेलमा टस जितेको छ । 

स्कटल्यान्डको टिटउट रङ्गशालामा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्नेछ ।

यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा नेदरल्यान्ड्स स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित, लोकेश बम, कुशल भुर्तेल, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, किरण ठगुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button