संकटापन्न सिप्लिकान: संरक्षण, खेती र करोडौँको सम्भावना
पोखरा I सदियौँ पुरानो इतिहास बोकेको हिमाली जडीबुटी सिप्लिकान ( Taxus wallichiana) को औषधीय मूल्य हालको आधुनिक चिकित्सा विज्ञानमा समेत अचुक सिद्ध हुँदै गएको छ ।

हजारौँ वर्षअघि च्यवन ऋषि र गर्ग ऋषि मुनिहरूले हिमाल र मरुभूमिमा तपस्या गर्दै गर्दा यही वनस्पतिको प्रयोग गरेका ऐतिहासिक प्रमाणहरू उल्लेख गरिन्छ । उनीहरूले शरीरको शुद्धीकरण, ध्यानमा स्थिरता र दीर्घायु प्राप्तिका लागि सिप्लिकानलाई प्रयोग गरेको उल्लेख वैदिक सन्दर्भमा र हाम्रो देश दर्शन, र देवभूमि एवम् आध्यात्मिक नेपाल पुस्तकमा पाइन्छ ।
गण्डकी प्रदेशका विभिन्न स्वास्थ्य तथा वन अनुसन्धान संस्थाहरूका अनुसार, एकपटक रोपिएको सिप्लिकानको बोट दशकौंसम्म उपयोगी रहन सक्ने हुँदा दीर्घकालीन आयस्रोतका लागि पनि उपयुक्त मानिन्छ । कास्कीको रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र तनहुँको शुक्लागण्डकी २, भिमाद, बन्दीपुर, देवघाट आसपासका क्षेत्रहरू सिप्लिकान खेतीका लागि उपयुक्त मानिन्छन् ।
वनस्पति संरक्षणविद् भन्छन्, “सिप्लिकान सङ्कटापन्न अवस्थामा रहेको प्रजाति हो, त्यसैले यसको संरक्षणसँगै वैज्ञानिक ढंगले खेती गर्नु जरुरी छ । उँ कृषि फर्म शुक्लागण्डकी २ तार्कुडाँडा तनहुँ निवासी कविराज खनाल नेपालभरका एक मात्र सिप्लिकानको व्यावसायिक खेती र नर्सरी गर्ने व्यक्ति हुनुहुन्छ । ‘‘प्रकृति तर्फ फर्क‘‘ भन्ने भनाइलाई सार्थकता दिँदै विगत पाँच वर्ष अघि देखि कोभिड –१९ को महामारी पछि उहाँले यसको खेती गर्न सुरु गर्नुभएकाे हाे ।
सिप्लिकानको बिरुवाको नर्सरी गरेपनि प्रतिवर्ष यसको माग धान्न सकिएको छैन, यस वर्ष मात्र १० हजार बिरुवा नर्सरीमा उत्पादन गरेपनि माग अनुसार बिरुवा उत्पादन गर्न सकिएको छैन । त्यसैले यसको बिरुवाको मूल्य र माग अत्यधिक बढ्दो छ ।“ उहाँ भन्नुहुन्छ ‘वर्तमान समयको प्रमुख चुनौतीहरूमध्ये वातावरणीय सन्तुलन, स्वास्थ्य संवद्र्धन, र जडीबुटीको संरक्षण महत्वपूर्ण विषय हुन्’ । हाल नेपालको कास्की, तनहुँ, गोर्खा, स्याङ्जा, बागलुङ, रोल्पा लगायतका पहाडी जिल्लाहरूमा पाइने सिप्लिकानको माग अत्यधिक रुपमा बढ्दो छ । यसको कारण जन्डिस, ब्लड प्रेसर, सुगर, र मिर्गौलामा हुने पत्थरीका रोगहरूमा यसले दिने प्राकृतिक उपचार मानिन्छ । यसलाई तरकारीको रुपमा र लामो समयका लागि गुन्द्रुक बनाएर पनि खान सकिन्छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार, नेपालमा दैनिक १० जना नेपाली कामदारको मृत्यु जन्डिस जस्ता कलेजोसम्बन्धी रोगका कारण हुने गरेको तथ्यले देखाउँछ । यस्ता रोगहरूको नियन्त्रण र निको पार्न सिप्लिकान अचुक जडीबुटी मानिन्छ ।
सिप्लिकानका प्रमुख औषधीय उपयोगहरू: क्यान्सरको उपचार, जन्डिस, ब्लड प्रेसर, सुगर नियन्त्रण, मिर्गौलाको पत्थरी फाल्ने प्राकृतिक उपाय, शरीरको टक्सिन क्लेन्सिङ गर्ने क्षमता र कोरोना रोगको औषधीको रुपमा समेत प्रयोग र उपयोग हुने गर्दछ ।
सिप्लिकान सङ्कटापन्न प्रजातिमा पर्छ, जसको संरक्षण र वैज्ञानिक खेती अत्यावश्यक छ । यही कारणले कास्की र तनहुँका वन क्षेत्र, नर्सरी तथा कृषक समूहहरूले यसको व्यावसायिक खेतीतर्फ चासो दिन आवश्यक छ । हजारौँ वर्षअघिका योगी, तपस्वी र वैद्यहरूले प्रयोग गरेको सिप्लिकान आज आधुनिक रोगहरूको उपचारमा समेत प्रभावकारी देखिएको हुँदा यसको माग दिनप्रतिदिन चुलिँदो छ । यसको वैज्ञानिक संरक्षण, नर्सरी व्यवस्थापन, खेती प्रवद्र्धन गर्न सके नेपालकै एक उच्च मूल्यको औषधीय बोटको रूपमा सिप्लिकानलाई स्थापित गर्न सकिन्छ ।
प्रतिक्रिया राख्नुहोस्