तपाईँ सुन्दै हुनुहुन्छः

बोलेरोको ठक्करबाट साइकल यात्रीको मृत्यु

नेपालगञ्ज । बाँकेमा बोलेरोको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार बैजनाथ गाउँपालिका–३ जेठिनालास्थित सडकमा क.प्र.०२–००१ च १५७२ नम्बरको बोलेरोले साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट साइकल यात्री सोही गाउँपालिका नौवस्ता बस्ने २६ वर्षीय अधिस थारूको आज बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button