मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–५ सापकोटा चोकमा शनिबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा बारा घर भई भरतपुर बस्ने २७ वर्षीय जय श्रीराम रायको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्र।२–०३–००१ प ६८१० नम्बरको मोटरसाइकल र प्र —३–०३–००१ प १४१३ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रायको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटरमा सवार अर्का एक जना पनि घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्