तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । 

कर्णाली प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौँ स्थापना दिवसका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले प्रदेश र स्थानीय तहका संवैधानिक अधिकार कार्यान्वयन गर्न कठिन भएको गुनासो गर्नुभयो । 

संविधान कार्यान्वयन भएको एक दशक बितिसक्दा पनि जनचाहनाअनुसार सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नागरिकमा निराशा बढिरहेको उहाँको भनाइ थियो । 

कार्यक्रममा मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशले हालसम्म प्रदेश सरकार वा मातहतका निकायहरू सम्बन्धित मुद्दामा बहस पैरवी तथा प्रतिरक्षा गर्दै आएको जनाएको छ । कार्यालयका अनुसार हालसम्म ६ सय ९४ वटा मुद्दामा कानुनी सेवा प्रदान गरिएको छ । 

त्यस्तै, प्रदेश सरकार तथा सम्बन्धित अधिकारीहरूलाई कानुनी र संवैधानिक परामर्श दिने, अदालतमा पेश गरिने लिखित जवाफ तथा निवेदनको गुणस्तर कायम गर्न समन्वय र निर्देशन दिने कार्य पनि निरन्तर भइरहेको मुख्य न्यायाधिवक्ताको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button