तपाईँ सुन्दै हुनुहुन्छः

उपमेयर कप फुटसल प्रतियोगिताको उपाधि युनाइटेड एफसीले जित्यो

नेपालगञ्ज । नेपालगञ्जमा सञ्चालन भएको प्रथम उपमेयर कप फुटसल प्रतियोगिताको उपाधि युनाइटेड एफसीले जितेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा एफसी संघारीले आयोजना गरेको प्रतियोगितामा पाई इन्स्टिच्युटलाई ६(० गोलले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो । उपाधिसँगै युनाइटेडले ५० हजार पुरस्कार हात पारेको छ । द्वितीय भएको पाई इन्स्टिच्युटले २५ हजारमा चित्त बुझाएको छ । आदर्शनगरस्थित बागेश्वरी फुटसल मैदानमा जेठ २५ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । 

प्रतियोगिताका विजेता, उपविजेता टिम तथा खेलाडीलाई नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राई, प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्य, नगर अध्यक्ष मान बहादुर थापा, एफसी संघारी क्लबका अध्यक्ष विक्रम पाण्डे, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कौशल कुमार धोबी, जसपाका प्रदेश सचिव राजन राना मगर, प्रतियोगिताका संयोजक गोविन्द सलामी मगर, केआइइसी नेपालगञ्जका प्रतिनिधि सुभाष थापा र अनिल पुन मगर लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । 

प्रतियोगिता उद्घाटन अघि पत्रकार र आयोजक बीचमा मैत्रीपूर्ण खेल खेलिएको थियो । जसमा पत्रकारको टिम ६(० ले विजयी भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button