तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम सुम्हालुङ ब्याडमिन्टन प्रतियोगिता असार ५ गतेबाट

पाँचथर । पाँचथरको फिदिममा आगामी असार ५ गतेदेखि प्रथम सुम्हालुङ कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

जिल्ला ब्याडमिन्टन संघ, पाँचथरको आयोजनामा असार ९ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा देशभरका ३ सय बढी खेलाडी सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । विभिन्न उमेर समूह तथा श्रेणीहरूमा हुने प्रतियोगिताका विजेताले नगद २० हजारदेखि ५१ हजार रुपैयाँसम्म पाउने भएका छन् ।  

खेलाडीहरूको शारीरिक, मानसिक स्वास्थ्य प्रवर्द्धन गर्नुका साथै अन्तरजिल्ला खेलाडीहरूलाई प्रदर्शन गर्ने अवसर दिन, पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिमा टेवा पुर्‍याउन प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष तेज बहादुर तुम्बापोले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button