तपाईँ सुन्दै हुनुहुन्छः

गर्मी बढेपछि रुपन्देही जिल्लाका स्थानीय तहमा विद्यालय बिदा

रुपन्देही । तराईमा अत्यधिक गर्मी भएपछि रुपन्देही जिल्लाका स्थानीय तहका विद्यालयहरूमा बिदा दिएको छ । 

रुपन्देही जिल्लाका रोहिणी गाउँपालिका र मायादेवी गाउँपालिकाले गर्मी बढी भएपछि विद्यालय बिदा दिएको जानकारी गराएका छन् ।

अत्यधिक गर्मी हुँदा विद्यालयमा पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत समस्या देखिन थालेकोले दुई दिन बिदा दिने निर्णय गरिएको मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले बताउनु भयो ।

 कार्यपालिकाको २७ गतेको बैठकको निर्णय बमोजिम गर्मी वृद्धि हुँदै गएपछि विद्यालयमा बिदा दिएको उहाँले बताउनुभयो । 

त्यसैगरी रोहिणी गाउँपालिकाले समेत विद्यालयमा बिदा दिएको छ । यही जेठ २९ देखि ३१ गतेसम्म जम्मा ३ दिन रोहिणी गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा विद्यालय बन्द गर्ने निर्णय गरेको पालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button