सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा हुनुहुन्छ ।
पोखरेल सर्वोच्च बार एसोसिएसनका अध्यक्ष हुनुहुन्छ भने पौडल र थापा दुवै उच्च अदालतका मुख्य न्यायाधीश हुनुहुन्छ । तीनै जनाकाे संसदीय सुनुवाई पछि नियुक्ति हुनेछ ।









प्रतिक्रिया राख्नुहोस्