तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक: दिउँसो एक बजेका लागि बोलाइए पनि अझै बस्न सकेन 

काठमाडौँ । प्रतिनिधि सभाको आज दिउँसो एक बजेका लागि बोलाइएको बैठक अझै बस्न सकेको छैन । 

भिजिट भिसा प्रकरणको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षी दलहरू आ–आफ्नै अडानमा रहेका कारण संसद्को जारी अवरोध खुल्न सकेको छैन ।  

सभाको हिजो बसेको बैठकमा पनि दलहरुबीच सहमति नहुँदा कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन । 

सभाको मङ्गलवार र बुधवारका लागि बोलाइएको बैठक पनि दलहरुबीच सहमति हुन नसकेपछि सूचना टाँस गरी बैठकको समय परिवर्तन गरिएको थियो । 

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको जेठ १३ र १४ गतेको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button