तपाईँ सुन्दै हुनुहुन्छः

‘गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मर्यादा विपरीत’

धनगढी । उपप्रधानमन्त्री एव शहरी विकास मन्त्री प्रकाशमान सिंहले विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताउनुभएको छ । 

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मर्यादा विपरीतको कार्य भएको बताउनुभयो । 

उपप्रधानमन्त्री सिंहले  कर्मचारीले गल्ती गरेछ भन्दैमा गृहमन्त्रीले राजीनामा दिन पर्दैन भन्नुभयो । उहाँले सरकार सुशासन, विकास र समृद्धि प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button