तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकको आकस्मिक र शून्य समयमा सांसदहरुले  सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा संघीय सरकारले सहयोग गर्नुपर्ने, सुदूर पश्चिम प्रदेशको धार्मिक पर्यटन विकासमा बजेटको व्यवस्था गर्नुपर्ने, प्लास्टिकजन्य वस्तुको प्रयोगले वातावरण प्रदूषण भएकाले सरकारले प्लास्टिक निषेध गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसदहरुले सरकारले बढ्दो महँगी नियन्त्रण गर्न सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने भन्दै सबै तहमा सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button