प्रतिनिधि सभा बैठक दुई बजेका लागि सारियो, विपक्षीको अडान यथावत्
काठमाडौँ । प्रतिनिधि सभाको बैठक दुई बजेका लागि सरेको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको विषयलाई लिएर बस्न सकेपछि बैठक दुई बजेका लागि सारिएको हो ।
संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रतिपक्ष दल र सत्तापक्षीय दलका प्रमुख र मुख्य सचेतकहरूसँग छलफल गरिरहनुभएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक सुरु हुनुअघि प्रतिपक्षी दलहरू संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने अडान यथावत् राखेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा छानबिनलाई सहयोग गर्न गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडान यथावत् राखेको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीलगायत दलका नेताहरू सहभागी हुनुहुन्थ्यो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान कायम राखेका छन् ।
सत्तापक्षीय दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिन नपर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्