तपाईँ सुन्दै हुनुहुन्छः

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

तुलसीपुर । नेपाल वायु सेवा निगमले यात्रुहरूको मागका आधारमा तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलबाट उडान भर्न थालेको छ । 

टरिगाउँ विमानस्थलमा यात्रुहरूको मागअनुसार अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार र शनिबारबाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो । 

टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरू नेपालगञ्ज वा भैरहवा जानु पर्ने अवस्था थियो । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्ने गरेका छन् । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा बनेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button