रेडियो नेपाल बाँकेका संवाददाता आलम खान भारतमा सम्मानित

बाँके । रेडियो नेपाल बाँकेका संवाददाता आलम खान भारतमा सम्मानित हुनु भएको छ ।
खानलाई भारतको उत्तर प्रदेशको बहराइचमा ‘हिन्दी पत्रकारिता दिवस’ को अवसरमा आज आइतबार उत्तर प्रदेश मान्यता प्राप्त पत्रकार एशोसिएसनले आयोजना गरेको पत्रकार सम्मेलन र सम्मान कार्यक्रममा नेपाली पत्रकारितामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याएको उल्लेख गर्दै सम्मान गरेको हो ।
वरिष्ठ महापमण्डलेश्वर स्वामी रवि गिरि जी महाराज, उत्तर प्रदेशका विधायक राम निवास बर्मा, विधायक सुभाष त्रिपाठी र सदाब हुसेनद्वारा हस्ताक्षरित सम्मान पत्रलाई प्रेस काउन्सिल आफ इन्डियाका पूर्व सदस्य रजा हुसेन रिजबीले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।

सम्मान पत्रमा खानले पत्रकारिता र आमसञ्चार क्षेत्रमा पुर्याएको योगदानको बारेमा उल्लेख गरिएको छ । खानले विदेश मामिला, भूराजनीति,अनुसन्धानात्मकमूलक रिपोर्टिङ गरेको सम्मान पत्रमा उल्लेख गरिएको छ ।
बहराइचमा उत्तर प्रदेश मान्यता प्राप्त पत्रकार एशोसिएसनले आयोजना गरेको पत्रकार सम्मेलन एवं सम्मान कार्यक्रममा बोल्दै उत्तर प्रदेशका विधायक बर्माले त्रिय युगदेखिको नेपाल भारत सम्बन्ध रहेकाले पत्रकारिता क्षेत्रबाट यसलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल भारत रोटी बेटीको सम्बन्ध भएका कारण सञ्चार माध्यमले यो सम्बन्ध मजबुत बनाउन भूमिका खेल्नुपर्ने उहाँले जोड दिनुभयो ।
थुप्रै परिवर्तन देखी विकासका क्षेत्रमा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहेका कारण नेपाल तथा भारतका नाकामा पनि सहज बनाउन सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने विधायक त्रिपाठीको भनाई थियो ।
कार्यक्रममा गोरखा पत्रका संवाददाता सेराज खान, रेडियो मोर्निङ स्टारका डाइरेक्टर डा. डक्ट प्रसाद धिताल र गुड न्युज कि संवाददाता सबिदा चन्द ठकुरीलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा भारतीय पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्