बागलुङमा ६ जना सडक मानवको उद्धार
बागलुङ । बागलुङ बजारको मुख्य सडक किनारमा विगत लामो समयदेखि बेवारिसे अवस्थामा बसोबास गर्दै आएका ६ जना आश्रयविहीन व्यक्तिहरूलाई उद्धार गरिएको छ ।

उद्धार गरिएका व्यक्तिहरूमा अन्त जैशी, आले सार्की, भूपेश नेपाली, मिनबहादुर सार्की, जितेन्द्र गिरी, मीना नेपाली र एक भारतीय नागरिक रहेका छन् ।
मानव सेवा आश्रम बागलुङ शाखा तथा पोखरा शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय बागलुङ र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा उद्धार गरिएको थियो । उद्धार गरिएका मध्य तीन जनालाई मानव सेवा आश्रम बागलुङ शाखामा राखिएको छ भने स्थान अभावका कारण बाँकी तीन जनालाई पोखरा पठाइएको मानव सेवा आश्रमका अभिभावक लक्ष्मी बास्कोटाले जानकारी दिनुभयो ।
पोखरा पठाइएकामध्ये दुई जनालाई हेम्जा शाखामा र एक जनालाई चोर पाटन शाखामा आश्रय दिइएको मानव सेवा आश्रम बागलुङका सञ्चालिका विपना तामाङले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्