तपाईँ सुन्दै हुनुहुन्छः

फेवाताल संरक्षण गर्न किनारमा गाड्न थालियो पिल्लर

कास्की । पर्यटकीय राजधानीमा रहेको फेवाताल संरक्षणको लागि पिल्लर गाड्ने काम शनिवारदेखि सुरु भएको छ । 

सर्वोच्च अदालतको परमादेशअनुसार तालको उच्चतम वर्षायामको जल स्तरको सिमानामा पिल्लर गाडिएको हो । अव उक्त पिल्लरबाट ६५ मिटरभित्रको सम्पूर्ण जग्गा फेवातालको जलाधार क्षेत्रमा पर्नेछ । तालमा पानीको बहाव उच्च भएको बिन्दु ७५४.५५ मिटर निर्धारण गरिएको छ। पिल्लर गाड्दै मुख्यमन्त्री पाण्डेले अब फेवाताल संरक्षणको काम अघि बढेको बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लेकसाईडस्थित वाराही घाटमा एच एफ एल १ नम्बरको पिल्लर गाडेर कामको सुरुवात गर्नुभएको हो ।  यसैगरी एच एफ एल २ नम्बरको पिल्लर पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र ३ नम्बरको पिल्लर कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गाड्नुभएको थियो । सर्वोच्चको आदेश बमोजिम गठित फैसला कार्यान्वयन सहजीकरण समितिले पिल्लर गाडेको हो । 

ताल वरपर गरी १ हजार ५५ वटा पिल्लर गाडिने समितिले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button