सुदूरपश्चिम प्रदेश: नीति तथा कार्यक्रम प्रस्तुत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम ल्याएको छ ।
प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
प्रदेश सरकारले नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

यसैगरी, प्रस्तुत नीति तथा कार्यक्रममा रोजगारी, मुख्यमन्त्री एकीकृत विकास कार्यक्रम, सुशासन सबलीकरण, निजामती कर्मचारी दक्षता अभिवृद्धि, मानवअधिकार प्रवर्द्धन, लागू औषध दुर्व्यसन नियन्त्रण, महिला तथा बालबालिका सशक्तिकरण, किसान अनुदान, नमुना विद्यालय, भारत जाने नेपालीको अभिलेखीकरण लगायत कार्यक्रम उल्लेख गरिएको छ ।
प्रदेश सरकारले नयाँ बजेट असार १ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्