तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा एकै परिवारका तिन जनाको मृत्यु, एक गम्भीर

वीरगन्ज । वीरगन्जमा गएराति भएको सवारी दुर्घटनामा परी एकै परिवारकाे तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाटी निवासी धर्मराज महतोकी श्रीमती, आमा र पाँच महिनाका छोराको मृत्यु भएको हो ।

पाँच महिनाका छोराको उपचारका लागि भारतको रक्सौल गएका महतो परिवार मोटरसाइकलमा घर फर्किने क्रममा सीमावर्ती छौडादानोस्थित बखरीटोल नजिक उक्त दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा गम्भीर घाइते भएका धर्मराज महतोको हाल भारतको मोतिहारीस्थित अस्पतालमा उपचार भइरहेको छ, र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

धर्मराज महतो विपन्न परिवारका सदस्य भएको जानकारी दिँदै पचरौता नगरपालिकाका नगर प्रमुख जालन्धर सिंहले उपचार तथा परिवारका अन्य खर्चका लागि महतोलाई आर्थिक अभाव भएको बताउनुभयो । मानवताको आधारमा आफूले १ लाख रुपैयाँ नगद सहयोग गरिसकेको जनाउँदै नगर प्रमुख सिंहले थप सहयोगका लागि सबै दातासमक्ष अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button