तपाईँ सुन्दै हुनुहुन्छः

तल्लोस्वराडमा विद्युत् विस्तार धमाधम

बैतडी। बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् विस्तार धमाधम भइरहेको छ । यहाँ रहेका तीन स्थानीय तह मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा विद्युत् विस्तारको काम धमाधम भइरहेको हो ।

‘उज्यालो पञ्चेश्वर’ बनाउने उद्देश्यले यहाँ विद्युत् विस्तारको काम धमाधम भइरहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उज्यालो पञ्चेश्वरलाई प्राथमिकता दिएको र सोहीअनुसार कार्यक्रम अघि बहिरहेको हो ।

उहाँले भन्नुभयो, “नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय लाइन विस्तार अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाभित्र पाँच हजार घरधुरी रहेकोमा चार हजार बढी घरधुरीमा विद्युत् सेवा पुगिसकेको छ । उज्यालो पञ्चेश्वरको सपना थियो, पूरा हुने तयारीमा छ ।”

पञ्चेश्वर गाउँपालिकामा आर्थिक वर्ष २०७७÷७८ देखि नेपाल विद्युत् प्राधिकरणले लाइन विस्तारको काम गरिरहेको छ । रु चार करोड ९३ लाखको ठेक्कामार्फत पञ्चेश्वरमा विद्युतीकरणको काम भइरहेको र गाउँपालिकाको वडा नं २ मा केही दिनभित्रै बिजुलीबत्ती बाल्ने तयारी भएको अध्यक्ष चन्दले बताउनुभयो । वर्षाँैदेखि टुकीको भरमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय नरेन्द्र चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “बिजुली सपना जस्तै थियो तर अब भने त्यो सपना पूरा भएको छ ।”

विद्युत विस्तार भएसँगै यहाँका नागरिक खुसी भएका छन् । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जिल्लाका विद्युत् सेवा सबै नागरिकको पहुँचमा पु¥याउने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा रहेका सबै अध्यारा बस्तीहरुमा विद्युत् विस्तारको काम हुँदैछ । छिट्टै नै सबै नागरिक विद्युतको पहुँचमा पुग्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button