तपाईँ सुन्दै हुनुहुन्छः

यस वर्षको ‘सेन स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार तथा लेखक पिटरलाई

काठमाडौँ । सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा स्थापित ‘सेन स्मृति पत्रकारिता पुरस्कार २०८२’ पत्रकार एव लेखक नरेन्द्रजंग पिटरलाई दिइने भएको छ । 

सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले मङ्गलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उक्त घोषणा गरिएको हो । पिटर वामपन्थी पत्रकारसँगै लेखक र विश्लेषक पनि हुन् । उहाँले १० वर्षे जनयुद्ध कालमा नेपालका विकट, तथा दुर्गम क्षेत्रमा पुगेर नागरिकका विचमा माओवादी बिचार र आन्दोलनलाई बिचारमार्फत महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको थियो । उक्त पुरस्कारको राशि ३० हजार रुपैयाँ रहेको छ ।

यस्तै ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार २०८२’ पत्रकार रुवी श्रेष्ठलाई दिइने भएको छ । प्रेस सेन्टर नेपालका निवर्तमान उपाध्यक्ष समेत रहेकी श्रेष्ठ रेडियो नेपालमा लामो समयदेखि कार्यरत हुनुहुन्छ । उहाँसँग जनयुद्धको बेलामा युद्ध रेडियो पत्रकारका रुपमा काम गरेको अनुभव छ । यस पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

यस्तै दिवङ्गत पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापित ‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार २०८२’ पत्रकार मणी विश्वकर्मालाई दिइने भएको छ । सिराहामा नयाँ पत्रीकाका सम्वाददाता रहेका विश्वकर्मा लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । विश्वकर्मा प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय सदस्य समेत हुन् । यस पुरस्कारको राशि पनि २५ हजार रुपैयाँ रहेको छ ।

आगामी माघ १५ गतेका दिन प्रेस सेन्टर नेपाल स्थापना दिवसको अवसरमा उक्त पुरस्कार दिइने सङ्गठनका अध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सेन्टर हरेक वर्ष स्मृति दिवसका अवसरमा उक्त पुरस्कार घोषणा गरेर स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button