कर्मचारी धामीको मृत्युप्रति पत्रकार महासङ्घ रेडियो नेपालद्वारा दुःख व्यक्त
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालको बाजुरास्थित कालाजाग्रा रिले स्टेसनमा कार्यरत कर्मचारी रवीन्द्र धामीको बाजुराको जगन्नाथ गाउँपालिका–२ मा भएको जिप दुर्घटनामा परी मृत्यु भएकोप्रति नेपाल पत्रकार महासङ्घ, रेडियो नेपाल शाखाले दुःख व्यक्त गरेको छ ।
शाखाका अध्यक्ष भूषण कुमार पोखरेलद्वारा हस्ताक्षरित समवेदना सन्देशमा मृतक धामीको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्