धनकुटामा उभौली साकेला केलाङ साँस्कृतिक चाड सम्पन्न
धनकुटा । धनकुटामा किराती समुदायका आफ्नो दोस्रा महत्वपूर्ण चाड उभौली साकेला केलाङ साँस्कृतिक उत्सव पर्व धुमधामका साथ मनाएका छन् ।

किराँती समुदायले धनकुटाका विभिन्न ठाउँमा साँस्कृतिक कार्यक्रमको आयोजना गरी उभौली साकेला केलाङ साँस्कृतिक पर्व धुमधामका साथ मनाएका हुन् ।
साँगुरीगढी गाउँपालिका–१, स्थित लावरबोटे रहेको साकेला केलाङ पार्क र सहिदभूमि गाउँपालिका–१ स्थित गोपालपुरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।
साकेला नाच्न बैशाख पूर्णिमादेखि एक महिनाभरि मनाउने गरिएको लेउती जलाधार प्राकृतिक साँस्कृतिक प्रवर्द्धन समितिका अध्यक्ष बलबहादुर राईले बताउनुभयो ।
किराँत राईको दोस्रो महान् चाड उभौलीमा अन्नबाली भित्र्याउनु अगाडी प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । किरातको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई उधौली र उभौली गरी दुई भागमा वर्गीकरण गरिएको छ । वैशाख पूर्णिमामा उभौली चाड मनाउने गरेका छन् । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो भने बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने चलन रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्