तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा जिप दुर्घटना हुँदा ९ जना घाइते 

सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आइतबार दिउँसो सल्यान कपुरकोट गाउँपालिका ५ रिमबाट दाङ तुलसीपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट गाउँपालिका ३ लामिडाँडा नजिकै दुर्घटना भएको हो । 

दुर्घटनामा परी सल्यान कपुरकोट गाउँपालिका ५ की ६३ वर्षीया भिमा बुढा, ६७ वर्षीया मन्जिता बाेहाेरा, ३८ वर्षीया विजय बुढाथोकी, ८ वर्षीया रोशनी महतरा, १८ वर्षीया पुष्पा महतरा, ४५ वर्षीया चन्द्रकला महतरा, १५ वर्षीया सपना बुढाथोकी  रहेका छन् । यस्तै वडा ४ की ४६ वर्षीया सीता बुढा र वडा न ६ का ५५ वर्षीय गोरेलाल बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिनुभयो । 

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको उहाँको भनाई छ । घाइते मध्ये भिमा,बुढा, मन्जिता बोहरा, विजय बुढाथोकी, सपना बुढाथोकी र गोरेलाल बोहरालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको बस्नेतको भनाई छ । 

जिप अनियन्त्रित भई सडकबाट करिब ४ मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button