वीरगंजको अलौमा सवारी दुर्घटना, २ युवकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १७, अलौ स्थित सडकखण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते २ जना युवाको उपचारको क्रममा मृत्यु भएको छ ।
वीरगंजबाट अलौतर्फ जाँदै गरेको लु. ५ च. ८१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना. ७ ख. ९४२९ नम्बरको टिपरले शनिबार ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक पर्सा, वीरगन्ज म.न.पा. वडा नं. १६, नगवा टोलका २२ वर्षीय छोटु साह सोनार र वीरगञ्ज म.न.पा. वडा नं. २९, रतनपुर टोलका २९ वर्षीय शुकुरुला अंसारी गम्भीर घाइते भएका थिए ।
टाउको र छातीमा चोट सोनारको शनिबार नै नीलकण्ठ अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको थियो ।
त्यसैगरी मोटरसाइकलको पछाडि सवार गम्भीर घाइते शुकुरुला अंसारीको समेत उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि प्रहरीले मोटरसाइकल, टिपर र टिपर चालक बारा, कलैया उपमहानगरपालिका वडा नं. १६ बस्ने ३२ वर्षीय कृष्ण प्रसाद पटेललाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्