तपाईँ सुन्दै हुनुहुन्छः

रेग्मीको योगदान जनतासामु लैजानुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निःस्वार्थ, त्यागी र तपस्वी नेता खगेन्द्रराज रेग्मीको योगदान जनतासामु लैजान पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको छ । 

स्याङ्जाका पूर्व सभापति रेग्मीको आज आयोजित प्रथम स्मृति सभामा उहाँले नेपाली काँग्रेसप्रति समर्पित भई नेता रेग्मीले पार्टीको सङ्गठन विस्तारका काम योगदान गरेको स्मरण गर्नुभयो ।

“विद्यालयमा अध्यापन गर्दादेखि नै रेग्मीलाई मैले चिनेको र नेविसङ्घ दर्ता गर्ने सिलसिलामा घरमै पुगेर भेटेको हो, उहाँमा कुनै पनि किसिमको लोभलालचा थिएन”, रेग्मीसँगको पुरानो भेटबारे सभापति देउवाले भन्नुभयो,“नेता रेग्मीले त्यसबेला स्याङ्जामा पार्टीको आन्तरिक जीवनभित्र देखिएका समस्या सुल्झाउनुभएको थियो । उहाँ पार्टीप्रति समर्पित मेरो अनन्य मित्र हुनुहुन्थ्यो ।”

कार्यक्रममा पार्टी उपसभापति धनराज गुरुङले जन्मदिने मातापिता, कर्म दिने धर्ती र ज्ञान दिने गुरु भगवान् सरह हुन्छ भन्ने मान्यताअनुरूप रेग्मी आफूहरूको पूजनीय गुरु रहेको स्मरण गर्नुभयो । “राजनीतिमा आँधीबेहरी चल्दा पनि त्यसलाई छिचोलेर अघि बढ्नुपर्छ भन्ने ज्ञान र प्रेरणा उहाँबाट प्राप्त भएको हो”, गुरुङले भन्नुभयो ।

उपसभापति गुरुङले आफूले राजनीतिमा देश र जनताप्रति गर्नुपर्ने कर्तव्य पालना,  गन्तव्य र लक्ष्य प्राप्तिका लागि अविरल अघि बढ्ने शिक्षा स्व रेग्मीबाटै प्राप्त गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button