तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको नीति कार्यक्रम जेठ १४ गते सार्वजनिक हुने

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम जेठ १४ गते सार्वजनिक गर्ने भएको छ। सो दिन प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभा बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

प्रदेशसभा सचिवालयका अनुसार सभामुख भुवनकुमार पाठकले जेठ १४ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका छन्। उनले सो अवसरमा प्रदेश प्रमुखलाई नीति कार्यक्रम प्रस्तुत गर्न औपचारिक पत्राचार समेत गरिसकेको जानकारी दिएका छन् ।

साथै, सभामुख पाठकले उक्त बैठकमा प्रदेशसभा सदस्यहरूलाई औपचारिक पोशाकमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button