तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फ एपीएफ र गण्डकी विजयी

कास्की । राजधानी बाहिर पहिलो पटक आजदेखि सुरु भएको नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फ नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशले विजयी शुरुआत गरेका छन् ।

पोखरा रङ्गशालाको कभर्ड हलमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । यस्तै गण्डकीले कोशी प्रदेशलाई ३–१ को सेटमा हरायो ।

यस्तै पुरुषतर्फ नै अहिले त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब खेलिरहेका छन् भने केहीबेरमा नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लब खेल्दैछन् ।

नेपाल भलिबल सङ्घको आयोजनामा एक हप्तासम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । सबैले एक अर्कासँग खेलेपछि अङ्क तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियनसिप लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button