तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताउनुभएको छ ।

“बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा रु दुई खर्ब १८ अर्बको निर्यात भएको छ । अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button