तपाईँ सुन्दै हुनुहुन्छः

तिलगाउँ बाढीको अध्ययन गर्न हुम्ला पुग्यो विज्ञ टोली

जुम्ला । कर्णाली प्रदेशको हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नंं ६ को तिलगाउँमा आएको लेदो सहितको भीषण बाढी पहिरोबारे अध्ययन गर्न विज्ञ टोली हुम्ला पुगेको छ ।

गत जेठ १ गते राती एक्कासी तिल गाउँमा लेदो सहितको पहिरो आउँदा खानेपानी,सिँचाई,विद्युत् लगायतका संरचनामा क्षति पुराएको छ । भने १८ घरपरिवार अहिले पनि बाढी आउने त्रासले त्रिपालमुनि बसेका छन् । 

हिमपात फुटेर निस्किएको पानी जमिन बगाउँदा लेदो सहितको पहिरो आएको प्रारम्भिक अनुमान गरेपनि वास्तविक रुपमा त्यति ठुलो बाढी पहिरो आउनुको कारण पत्ता लागेको छैन । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका टोली पहिरो प्रभावित क्षेत्रको अध्ययनका लागि हुम्ला पुगेको हो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली बुधबार बिहान हुम्ला सदरमुकाम सिमिकोट पुगेको छ ।

टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहार्द जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा छन् । टोली आजै प्रभावित क्षेत्रमा जाने हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो ।  

जेठ १ गते राति एक्कासी बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका ६ को तिल गाउँमा क्षति पुगेको थियो । करिब ५ हजार ३०० मिटर माथि हिमालमा रहेका दुई वटा हिम पोखरीबाट बगेको पानीले बाढीको रूप धारण गरेको प्रारम्भिक अनुमान छ । यद्यपि वास्तविकता भने अध्ययन टोलीले पत्ता लगाएर प्रतिवेदन सार्वजनिक गरिने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button