तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु  

डडेल्धुरा । डडेल्धुरामा १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । 

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–४ टुँडिखेलमा मङ्गलवारबाट सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले गर्नुभएको थियो । 

खेलकुदमा भाग लिने सबै खेलाडीहरूले अनुशासित भएर आफ्नो कला  र पर्दशन गर्नका लागी खेलाडीहरूलाई समन्वय प्रमुख भण्डारीले आग्रह गर्नुभएको छ ।  

खेलकुद क्षेत्र राष्ट्रको पहिचान भएको र खेलाडीहरूको सम्मान गर्न सबै तहका सरकारले गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले खेलाडीहरू अनुशासित र मर्यादित बन्नुपर्नेमा जोड दिनुभयो । 

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डम्बरबहादुर थापाले अनुशासित भएर उत्कृष्ट खेल प्रदर्शन गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

टुँडिखेलमा भइरहेको प्रतियोगितामा जिल्लाका सात वटै स्थानीय तहको सहभागिता रहेको छ । प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते लगायतका खेलहरू खेलाइँदै छ । प्रतियोगिता मङ्गलवार र बुधबार चल्नेछ ।

जिल्ला स्तरीय प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button