तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार गए राति परासी–सुनवल सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका  वडा न-९, स्वाठीमा लु २६ प २५०० नम्बरको मोटरसाइकललाई सानो गाडीले ठक्कर दिँदा दुर्घटना  भएको   जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी प्रहरी नायव उपरिक्षक  बिर दत्त पन्तले जानकारी दिनुभयो।

सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पन्तका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रामग्राम नगरपालिका १ का २२ वर्षका जीवन यादव रहेका छन्।

दुर्घटनामा परि घाइते यादवको उपचारको क्रममा जिल्लाको पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको हो। मोटरसाइकललाई ठक्कर दिने सवारीचालक फरार रहेका छन् । 

घटना स्थलमा रहेका प्रत्यक्ष दर्शीहरूले सानो कारले ठक्कर दिएको  बताएका छन्, तर   कारको नम्बर पत्ता लाग्न सकेको छैन। ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button