कृषि विकास, भ्रष्टाचार न्युनिकरण, सुशासन लगायतका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसदहरुले देशमा कृषिको विकास, उत्पादन र उत्पादकत्व वृद्धि, प्रभावकारी राजस्व सङ्कलन, भ्रष्टाचार न्यूनीकरण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसद सञ्जय गौतमले पश्चिम नेपालमा एग्रीकल्चर पोलीटेक्निक स्थापना गरेर धान गहुँ मकै लगायतका बालिमा आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।
उहाँले पश्चिम नेपालका मानिसमा रहेको परम्परागत ज्ञान र सिपमा आधुनिक प्रविधि र शिक्षा दिन सकेमा कृषिमा ठूलो उपलब्धी हासिल गर्न सकिने बताउनुभयो ।
भिमप्रसाद आचार्यले विकासको नयाँ ढाँचा र सोच अगाडी बढाउन राजस्व प्रशासनमा सुधार, राजस्वको नयाँ क्षेत्रको पहिचान, सीमा नकाएको कडाई र छोटी भन्सार व्यवस्थापन, नाकामा सामानाहरुको पुनः मूल्याङ्कन, राजस्व चुहावट न्युुनिकरण, स्वदेशी सामग्रीको प्रयोगमा प्रोत्साहन लगायतका काम गर्न सकिने बताउनुभयो ।
सांसद सुशीला श्रीपाइली ठकुरीले आमजनतामा निराशा बढेको, कर्मचारी र श्रमिकको सुरक्षामा सरकारले ध्यान दिन नसेको, जुनसुकै समयमा विनाजानकारी बिजुली नादा आममानिस मारमा परिरहेको बताउनुभयो ।
सांसद सोभिता गौतमले जनताको आस्थाको थलो न्यायलयप्रति नै जनताले विश्वासको वातावरण नभएको महशुुस गर्न थालेको र अदालत आफैले कानुनको प्रक्रिया मिच्न थालेको विषय आफैमा गम्भीर भएको बताउनुुभयोे ।
सांसद रोशन कार्कीले सरकारले सांसदहरु मार्फत जनतालाई ढाँट्ने गरेको, बजेट बनिसकेपछि बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल हुने, छलफलका विषयमा सरकार गम्भीर नबन्ने तथा छलफलमा उठेका विषय बजेटमा नसमेटिने विषय दुःखद भएको भन्दै बजेटको संसदीय प्रक्रिया पुनरावलोकन गर्नुपर्ने बताउनुभयो ।
सांसदहरुले नीतिगत रुपमा हुने भ्रष्टाचार रोक्नुपर्ने, सुशासन कायम गर्नुपर्ने, अनियमितता रोक्नुपर्ने, बेरुजु अन्त्य गर्नुपर्ने, विकास निर्माणका काम समयमा तोकिएको मापदण्ड अनुसार सम्पन्न गर्नुपर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षण ।
सांसदहरूले साझ बिहान निरन्तर विना सूचना बिजुली जाँदा विद्युतीय सवारी, विद्युतीय चूलो लगायतमा समस्या उत्पन्न भएको बताउनुभयो ।
सांसदहरु मेटमणी चौधरी, सुशीला श्रेष्ठ, रेखा यादव, रामप्रकाश चौधरी, रन्जिता श्रेष्ठ, प्रेम सुवाल, प्रभु शाह, डा. अमरेशकुमार सिंह, रमा कोइराला पौडेल, सुुर्यकुमारी श्रेष्ठलगायतका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्