मकवानपुरमा ३२ औँ मदन–आश्रित स्मृति दिवस मनाइयो
मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरले शनिबार ३२औँ मदन–आश्रित स्मृति दिवस मनाएको छ ।

एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३२औँ स्मृति दिवसका अवसरमा फाउन्डेसनले हेटौँडा–९, स्थित दिव्य बाल उद्यानमा स्मृति तथा श्रद्धाञ्जली सभाको आयोजना गरेर स्मृति दिवस मनाएको हो ।
फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा सहभागीहरूले बाल उद्यान स्थित मदन–आश्रितको शालिकमा माल्यार्पण गर्नुका साथै जननेता मदन भण्डारी र कुशल सङ्गठन जीवराज आश्रितको बारेमा चर्चा गर्नुभएको थियो ।
मदन भण्डारी फाउन्डेसन मकवानपुरले तीन दिवसीय कार्यक्रम गरेर ३२औँ मदन–आश्रित स्मृति दिवश मनाएको हो । दिवसका अवसरमा पहिलो दिन जेठ १ गते हेटौँडा–१५, स्थित दिव्य सेवा निकेतन आश्रयस्थलमा खाद्यान्न वितरण, जेठ २ गते “जनताको बुहदलिय जनवाद: राष्ट्र निर्माणको आधार” विषयक बहस कार्यक्रम र मुख्य दिन आज स्मृति तथा श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरेको थियो ।
नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । मदन आश्रितको स्मृतिमा जेठ ३ गते विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने गरिन्छ । यसैबीच मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले मकवानपुरले पार्टी कार्यालयमै श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्