लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक: आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
बाँके । लुम्बिनी प्रदेश सरकारको शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । जेठ ५ गते नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गरिएको छ ।
यस्तै, बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, लुम्बिनी प्राज्ञ प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्