तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व खेलाडी समाजले बाँकेमा ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्ने 

नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेले ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्ने भएको छ । समाजले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी अन्डर-१५ व्वाइज सिङ्गल र मेन्स डबल बी लेबल ब्याडमिन्टन प्रतियोगिता तथा विद्यालय स्तरीय महिला एवं पुरुष भलिबल प्रतियोगिता गर्ने जानकारी दिएको हो । 

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा नेपालगन्ज रङ्गशालास्थित कबर्ड हलमा ज्येष्ठ ९ र १० गते ब्याडमिन्टन तथा ज्येष्ठ १६ देखि १८ गतेसम्म भलिबल प्रतियोगिता हुनेछ । प्रतियोगिता सञ्चालन गर्न ब्याडमिन्टनमा ३ लाख ५० हजार तथा भलिबल खेलमा ४ लाख ५० हजार गरी करिब ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

ब्याडमिन्टन अन्डर(१५ मा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ५ हजार र दुई हजार पाँच सय तथा मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै भलिबलमा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । विजयी खेलाडीहरूलाई नगद पुरस्कारका साथै प्रमाणपत्र, पदक, कप र ट्रफी समेत प्रदान गरिनेछ । नक आउट प्रणालीमा खेलाइने प्रतियोगितामा भलिबलतर्फ महिला र पुरुष गरी २५ वटा टिम तथा ब्याडमिन्टनतर्फ ७५ जना खेलाडीको सहभागिता रहने बताइएको छ । 

निःशुल्क प्रवेश रहेको प्रतियोगिता सभ्य र भव्यरुपमा सञ्चालन गर्नका लागि प्रतियोगिता सञ्चालन समिति, निर्णायक समिति, मञ्च व्यवस्थापन समिति लगायतका विभिन्न समितिहरू समेत गठन गरिने पूर्व खेलाडी समाज बाँकेका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button