तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग राष्ट्रसंघीय अधिकारीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिह अलिस्जाहबानाले आज शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा अलिस्जाहबानाले नेपालले यही जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादको सफलताको कामना गर्दै वातावरणीय मुद्धामा नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने विश्वास दिलाउनुुभयो ।

प्रधानमन्त्री ओलीले सगरमाथाको मुलुक नेपालको अग्रसरतामा वातावरणीय महत्वबारे विश्वलाई गम्भीररुपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको जानकारी गराउनुुभएको छ ।

भेटका अवसरमा नेपालका लागि संयुक्त राष्ट्रका आवासीय प्रतिनिधि हाना सिङ्गर र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुुहुुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button