तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुराको गन्यापधुरामा जिल्लाकै नमुना  खेलमैदान बन्दै

डडेल्धुरा । गन्यापधुरा गाउँपालिकामा जिल्लाकै नमुना खेल मैदान बन्ने भएको छ ।

गाउँपालिकाको वडा न-२ टावर डाँडामा आर्थिक वर्ष २०८०/८१ देखि उक्त खेल मैदान पालिकाको रु ८६ लाखमा निमार्ण कार्य शुभारम्भ गरिएको गाउँपालिकाले जनाएको छ । 

“राष्ट्रिय खेल मैदानको मापदण्ड अनुसार क्रिकेट, फुटबल, भलिबल लगाएतका खेलहरू  एकसाथ खेलाउन सकिने उद्देश्य अनुरुप काम भइरहेको” गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर कार्कीले बताउनुभयो । 

हाल सम्म ३ सय ९४ घनमिटर मेसिनरीवाल,८सय २० घनमिटर जाली, ५ हजार २ सय घनमिटर माटो भरान गरिएकोमा ९० प्रतिशत खर्च भइसकेको पालिकाले जनाएको छ ।

प्याराफिट लगायत मञ्चहरू समेत निमार्ण हुने र ईन्डोर खेलहरूको संरचना पनि निमार्ण गर्ने पालिकाको योजना रहेको छ ।

अध्यक्ष कार्कीले “ उक्त खेल मैदान बन्न सके जिल्लाकै नमुना खेल मैदानका रुपमा रहने र यस क्षेत्रमा खेलकुद तथा पर्यटन विकासका लागि सहज हुने बताउनु भयो । ”

 जिल्ला सदरमुकाम क्षेत्रमै समेत हाल सम्म व्यवस्थित खेलमैदानको अभाव रहेको अवस्थामा जिल्ला तथा प्रदेश र राष्ट्रिय स्तरका खेलकुद गतिविधिहरू उक्त क्षेत्रमा सञ्चालन गर्न सकिने पालिकाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button