रारा गोल्डकप: दोस्रो खेलमा एलएक्स सिटी र डाँडाबजार फुटबल क्लब भिड्दै
धनकुटा । धनकुटाको राजारानीमा जारी रारा गोल्डकप फुटबल प्रतियोगिताको १२ औँ संस्करणमा मङ्गलवार (आज) दोस्रो खेल सुरु हुँदैछ।

आज हुने दोस्रो खेलमा मोरङको एलएक्स सिटी फुटबल क्लब र धनकुटाको डाँडाबजार फुटबल क्लब बीच हुँदै छ। खेल दिउँसो ३ बजेपछि राजारानीस्थित पुण्य माथिको खेलमैदान हुनेछ। सोमबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा आयोजक रारा फुटबल क्लबलाई ० का विरुद्ध ४ गोल अन्तरले हराउँदै गोल्डेन स्टार फुटबल क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ।
आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेट क्लब काठमाडौँ सहित बागमती युथ क्लब सर्लाही, सलहेश फुटबल क्लब सिराहा, विर्तामोड युनाइटेड क्लब झापा सहित ८ वटा टिमको सहभागिता रहेको छ।
धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सुरु भएको हो। गत वर्ष प्रतियोगिताका विजेतालाई ५ लाख र उपविजेता लाई २ लाख ५० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको भएपनि यस वर्ष पुरस्कारको राशि बढाएर विजेतालाई नगद ७ लाख रुपैयाँ र उपविजेता लाई नगद ३ लाख रुपैयाँ बनाइएको आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिनुभयो।
प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने र सबै विधाका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्