तपाईँ सुन्दै हुनुहुन्छः

चालु आवको नौ महिनामा नेपालको निर्यात ६५.२ प्रतिशतले वृद्धि 

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैङ्कले आइतबार जारी गरेको मुलुकको ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले ९ महिनामा नेपालको निर्यात १८ खर्ब ८ अर्ब २० करोड पुगेको जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.७ प्रतिशतले कमी भएको थियो । 

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ९२.६ प्रतिशत, ६.७ प्रतिशत र ५.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो,चिया, जुटका सामान, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क शिट, अदुवा, जुस, तयारी पोसाक लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा कुल वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३० खर्ब ९ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.८ प्रतिशतले कमी आएको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.७ प्रतिशत, १४.४ प्रतिशत र २४.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाई जहाजको पार्टपुर्जा, रासायनिक मल, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कुल वस्तु व्यापार घाटा ६.४ प्रतिशतले वृद्धि भई ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.८ प्रतिशतले कमी आएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button