सिमानाकामा सुरक्षा व्यवस्था सुदृढ पार्न मुख्यमन्त्री शाहको निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाल-भारत सिमानाकामा सुरक्षा व्यवस्थालाई थप सुदृढ तुल्याउन निर्देशन दिनुभएको छ ।

भारत र पाकिस्तान तनाव बढिरहेका सन्दर्भमा मुख्यमन्त्री शाहले आज सुरक्षा निकायका प्रमुखसँगको छलफलमा समग्र शान्ति सुरक्षाबारे जानकारी लिँदै सिमानाकामा उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको हो ।
मुख्यमन्त्री शाहले भारतसँग सीमा जोडिएका प्रदेशका सबै जिल्लाका नाकामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त एवं थप सुदृढ पार्न र अवैध घुसपैठ, लागू औषध दुर्व्यसन लगायत आपराधिक गतिविधि नियन्त्रणमा विशेष निगरानी बढाउनु पर्ने बताउनुभयो ।
उहाँले सिमानाकामा नेपालीको आवागमन सहज बनाउनु पर्नेमा जोड्दिनुभयो । छलफलमा सुरक्षा निकायका प्रमुख एवं उच्च पदस्थ सुरक्षा अधिकारीको सहभागिता रहेको थियो
प्रतिक्रिया राख्नुहोस्