प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पुनः बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरू हुने बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ।
गत वैशाख २२ गतेदेखि सुरू भएको छलफल आज पनि निरन्तरता पाउनेछ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पनि सभालाई जानकारी गराइने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्